काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतबार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीहरूको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ । प्रारम्भिक राउन्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्कीले सास वितरण गरेका हुन् ।
यसपालिको मिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागिता रहेको छ । त्यस्तै, ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेसाका महिलाहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको छ । उत्कृष्ट पाँच प्रतियोगीमा सम्पदा घिमिरे, छोतेन फुन्ट्सो, श्रीयङ्का थापा, अनुस्का बस्ती, सुजल बम, नेहा चौधरी, मनीषा परियार, स्मृति सिंह, एलिना गुरुङ, रेनाता कट्टेल, तुलसा नेपाल, नियुक्ति अर्जाल, ऋतिषा मानन्धर रहेका छन् ।