काठमाडौं । शेयर बजर परिसुचक नेप्से झण्डै तीन हजार बिन्दुमा पुगेको छ । अघिल्लो दिन आठ दशमलव १८ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने ३४ दशमलव २९ अंकले उकालो लागेर २९ सय ५७ दशमलव ७५ बिन्दुमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३४ अंकले उकालो लागेर पाँच सय १९ दशमलव ४९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३२ वटा कम्पनीहरुको दुई लाख ४४ हजार १९ पटक शेयर किनबेच भएको छ । जसबाट पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० रुपैैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर खरिद बिक्री भएका छन् । जसमध्ये जीवन बीमा, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, होटल तथा पयर्टन, लगानी, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।