भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो । भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन फर्काइएको छ भने भीडले प्रहरीको विरोध गरिरहेको छ सोहि क्रममा तानाब हुँदा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ । आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपी प्रहरीले तत्काल आगो निभाएको छ। अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ। अहिले दुर्घटना स्थलमा ठूलो भिड जम्मा भएको छ ।