जेरुसेलम । इजरायलका जासुस प्रमुखहरू बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुनेभएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गरेको बुधबार जारी गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले बताएका छन् ।
प्यालेस्टिनी लडाकु समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन । हमासका एक अधिकारीले आफ्नो नाम नछाप्ने सर्तमा एएफपीलाई भने, ‘मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।’ रासस/एएफपी