काठमाडौं, असार १४
सानिमा क्यापिटल लिमिटेडले सार्वजनिक बिदा अर्थात शनिवार पनि सेवा दिने भएको छ । कम्पनीले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल यो शनिबार असार १४ गते पनि खुल्ने भएको हो । उक्त क्यापिटलले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि पनि आफनो सेवा दिन लागेको हो ।
क्यापिटलले हाल एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । असार १४ गते लघुवित्तको सेयर भर्ने अन्तिम दिन हो । सो दिन बिहानको १० बजेदेखि दिनको एक बजेसम्म क्यापिटलले हितग्राही खाता खोल्ने, मेरो सेयरको नविकरण गर्ने लगायतका सेवा प्रदान गर्ने जानकारी गराएको छ ।