काठमाडौं, असार १४
राष्ट्रिय बीमा संस्थानले काठमाडौ महानगरालिकाका सबै कर्मचारीहरुको जीवन बीमा गरेको छ । संस्थानका अनुसार काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गरिएको हो । बीमाको लागि महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको हो ।
सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका हुन । उक्त कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको जानकारी दिएका छन् ।
संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले संस्थान समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको बताएका छन् । हाल चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक ब्याजको तेस्रो त्रैमासिक अवधिमा चार करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा एक करोड ६८ लाख