काठमाडौं । समृद्धि फाइनान्सले बुधबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको मधुवन शाखाबाट आयोजित उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफूल र फूलका २६ वटा बोट लगाई सम्पन्न गरिएको थियो । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम श्रावण पहिलो साताबाट सुरु भएको हो । कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भइसकेको र श्रावण महिनाभित्र फाइनान्सका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।