काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ३४ लाख ७१ हजार एक सय ४६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड पाँच लाख ८९ हजार एक सय ९० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब ३७ करोड १४ लाख १९ हजार एक सय ५९ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३३ करोड ६३ लाख ९४ हजार तीन सय ५६ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड ३८ लाख १२ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव १४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ३२ करोड ४४ लाख ५५ हजार छ सय १६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८० करोड ६७ लाख ४९ हजार एक सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३८ करोड ३० लाख १८ हजार पाँच सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव २१ प्रतिशत रहेको थियो ।