काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ४४ करोड ७० लाख छ हजार एक सय १६ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड ७८ लाख ९९ हजार पाँच सय ७५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३९ करोड ७७ लाख ६४ हजार पाँच सय ४५ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा छ अर्ब १४ करोड १३ लाख ६२ हजार नौ सय ८१ रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड २२ लाख २७ हजार छ सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब तीन करोड ८८ लाख ८० हजार चार सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको छ दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने पाँच करोड २९ लाख दुई हजार सात सय ५५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ६० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब ४६ करोड ४३ लाख ४८ हजार ७६ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब पाँच करोड ७४ लाख ७१ हजार एक सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४३ करोड ६२ लाख ८३ हजार तीन सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ५३ प्रतिशत रहेको थियो ।