काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १३ करोड एक लाख ३६ हजार एक सय २५ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक करोड १० लाख ५४ हजार एक सय ९७ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब नौ करोड १० लाख २३ हजार नौ सय सात रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९२ करोड ६९ लाख ५३ हजार दुई सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३८ करोड नौ लाख पाँच हजार चार सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १३ करोड ७० लाख ५२ हजार ७६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव १५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब नौ करोड ७३ लाख १७ हजार आठ सय आठ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ लाख ९० हजार ८१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३३ करोड ५० लाख एक हजार सात सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १७ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ८४ प्रतिशत रहेको थियो ।