काठमाडौं । राष्ट्रिय सभाको बैठकमा आइतबार विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् ।
संविधान संशोधन के विषयमा गर्न खोजेको त्यो प्रष्ट नगरी संशोधनको बहस चलाउनुको पनि अर्थ नरहेको उनले बताए । पछिल्लो समय संविधान संशोधनको विषय चर्चा भइराखेको र यसको पृष्ठभूमिमा कांग्रेस र एमालेका बीचमा संविधान संशोधन गर्नेसहितको समझदारी रहेको भनिएको उल्लेख गरे ।
उनले संविधानका मूलभुत मर्ममाथि दुई दलका बीचमा सहमति भयो भनेर प्रहार गर्न नपाइने बताउँदै यदि संविधानको मर्ममाथि प्रहार गर्न खोजिए त्यो आफूहरुलाई सैह्य नहुने उनले चेतावनी दिए ।