जाजरकोट । जाजरकोटमा अविरल वर्षापछि आइतबार राती जिल्लाको नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । पहिरोले लालबहादुर परियारकोे अस्थायी टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुने तीन जना ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिशा परियार र २ वर्षीय शिभम परियार एकै परिवारका सदस्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । डिएसपी पाण्डेले ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको जानकारी दिए ।