काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ऋणात्मक देखिएको छ । संस्थाले आव २०८०/८१ मा पाँच करोड ३३ लाख ९० हजार दुई सय ९६ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ६१ लाख २० हजार नौ सय ७६ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्तापुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ३३ करोड ३४ लाख ७६ हजार तीन सय २७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ३७ लाख १७ हजार सात सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ८९ लाख सात सय ३८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने चार करोड १६ लाख ८८ हजार ९१ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ५६ प्रतिशत रहेको थियो ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ५४ करोड ७३ लाख १४ हजार आठ सय नौ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८६ करोड ८० लाख ३८ हजार सात सय ८१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३२ करोड ८२ लाख ४२ हजार छ सय तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २४ प्रतिशत रहेको थियो ।