काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ३८ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा एक करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ३६ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ३४ करोड ९१ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६६ करोड ७८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड २९ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ दशमलव ७३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६३ प्रतिशत रहेको छ ।
संस्थाले अघिल्लो आवमा भने ३० करोड ३३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड १६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड दुई लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम रकम ३५ लाख ५७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८३ प्रतिशत रहेको थियो ।