काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ४२ लाख ९० हजार तीन सय ८८ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा दुई करोड रुपैयाँले कम हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १९ करोड ८१ लाख ५४ हजार एक सय २३ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी एक अर्ब २३ करोड ३६ लाख २६ हजार नौ सय दुई रुपैैयाँ रहेको संस्थाले आव २०८०/८१ मा सात अर्ब ४४ करोड ९० लाख ८४ हजार एक सय ८५ रुपैयाँ कर्जा प्रवाह गर्दा ३० करोड ८१ लाख ७५ हजार छ सय ३७ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा दुई दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर दुई दशमलव १४ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार चार सय ११ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गर्दा ४३ करोड ३२ लाख ५६ हजार तीन सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव २७ प्रतिशत रहेको थियो । उक्त अवधिमा संस्थाको वितरणयोग्य नाफा भने १८ करोड १५ लाख ७६ हजार एक सय ३३ रुपैयाँ रहेको थियो ।