काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका बीमा विज्ञ सदस्य कपिलदेव ओलीको दोस्रो पटकको चार वर्षे कार्यकाल पूरा भएको छ । सो अवसरमा बीमा विज्ञ सदस्य ओलीको बिदाइ एवम् सम्मानमा आइतबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे । अध्यक्ष सिलवालले प्राधिकरणको सञ्चालक समितिमा बीमाविज्ञ सदस्यका रूपमा रहेर ओलीले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए ।