काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ५१ लाख ३० हजार पाँच सय ३० रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संंस्थाको यस्तो नाफा ७५ लाख ८२ हजार पाँच सय ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी २२ करोड ८५ लाख रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा १६ करोड पाँच लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ करोड २७ लाख ३१ हजार दुई सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड दुई लाख ६४ हजार छ सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३१ लाख ९० हजार चार सय ८० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १५ करोड ४६ लाख ७९ हजार आठ सय ४० रुपैयाँ निक्षेप संकलन गरी ३९ करोड ९९ लाख ६३ हजार नौ सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९३ लाख ४० हजार साात सय ८० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७४ लाख ७५ हजार छ सय २० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७५ प्रतिशत रहेको थियो ।