काठमाडौं । युनिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७९ लाख ५३ हजार चार सय ४३ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ९० लाख २४ हजार पाँच सय ९७ रुपैैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब ४८ करोड ३२ लाख २१ हजार नौ सय १५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब आठ करोड २१ लाख १३ हजार पाँच सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ५१ हजार चार सय ११ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ३२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५० करोड ८० लाख ७३ हजार एक सय ८७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४९ करोड १९ लाख ५४ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ७५ लाख ९८ हजार छ सय नौ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १४ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव ७२ प्रतिशत रहेको थियो ।