काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ३१ लाख २५ हजार सात सय ५२ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा चार करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा दुई करोड ६९ लाख ७३ हजार छ सय ३२ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी ३७ करोड २३ लाख २१ हजार सात सय ३९ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब ३५ करोड ५१ लाख ३४ हजार एक सय ४६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ३२ लाख ४५ हजार १६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ५० लाख नौ हजार चार सय ३७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव २३ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३६ करोड ८९ लाख २९ हजार चार सय २६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७१ करोड पाँच लाख ३६ हजार चार सय ७७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३६ लाख ३५ हजार तीन सय ३८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव शून्य छ प्रतिशत रहेको थियो ।