काठमाडौं । शेयर बजार परिसुचक नेप्से सामान्य अंकले उकालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से परिसुुचक दुई दशमलव ११ अंकले उकालो लागेर २९ सय ६८ दशमलव ४४ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले उकालो लागेर पाँच सय ३० दशमलव ११ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटक शेयर किनबेच भएको छ । जसअन्तर्गत चार करोड १४ लाख ५४ हजार छ सय ११ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार सात सय ९२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लगानी र अन्य उपसमुहहरुको सुचक उकालो लागेपनि जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।