जीवन बीमा कम्पनीहरूको लगानी करिब सात खर्ब रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ असारसम्म १४ वटा जीवन बीमा कम्पनीहरूको लगानी छ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ पुगेको छ । सबैभन्दा बढी लगानी गर्ने जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ छन् ।समीक्षा अवधिमा नेपाल लाइफले दुई खर्ब तीन अर्ब १४ करोड १२ लाख रुपैयाँ, लाइफ इस्योरेन्स एक खर्ब १९ करोड ६९ लाख रुपैयाँ, हिमालयन लाइफ ६५ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थान ४९ अर्ब २४ करोड ८३ लाख रुपैयाँ, नेसनल लाइफ ६४ अर्ब ३२ करोड ३० लाख रुपैयाँ, मेट लाइफ २८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, एसियन लाइफ ४१ अर्ब १२ करोड ५३ लाख रुपैयाँ, आईएमई लाइफ १५ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ, सन नेपाल लाइफ ११ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ, रिलायन्स नेपाल १६ अर्ब ३० करोड ४५ लाख रुपैयाँ, सिटिजन लाइफ १९ अर्ब २४ करोड पाँच लाख रुपैयाँ, सूर्यज्योति ३४ अर्ब ८२ करोड एक लाख रुपैयाँ, सानिमा रिलयान्स १८ अर्ब २३ करोड ३५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ १४ अर्ब ७९ करोड ६० लाख रुपैयाँबराबरको लगानी छ । आर्थिक वर्ष २०८०÷८१ मा उक्त जीवन बीमा कम्पनीहरूले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा तीन अर्ब १० करोड ३९ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा चार खर्ब ६१ अर्ब ११ करोड ७१ लाख रुपैयाँ, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा नौ अर्ब २७ करोड ४० लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा छ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५२ अर्ब ७४ करोड २० लाख रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १८ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा आठ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा दुई अर्ब ५० करोड २६ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ४६ करोड ४५ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा ११ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको सेयरमा एक अर्ब आठ करोेड ४० लाख रुपैयाँ र अन्य लगानीमा ४२ अर्ब ७६ करोड २९ लाख रुपैयाँ छ ।