काठमाडौँ । काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक बिहीबार बिहान फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित साथ निष्क्रिय पारेको छ ।

परिचालित बम डिस्पोेजल टोलीले स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ उक्त शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।