काठमाडौं । एभरेस्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट सुरु भएको बैंकले जनाएको छ । बैंकले बुधबार विशेष कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका वडा नं १०, नयाँ बानेश्वरस्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब एक सय ५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरू सुचारु गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्यले उद्घाटन गरेको उक्त समारोहमा अध्यक्ष डा वैद्यले बैंक विश्वासको सहयात्री भएको साथसाथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरूलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने डिजिटल संसारको शुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा बैंकिङ्ग क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवातसँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवासम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभर छरिएर रहेको आफ्नो एक सय २८ वटा शाखा सञ्जाल, चार वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६६ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।