काठमाडौं,सामाजिक सञ्जाल टिकटकले नेपालले चारवटा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । टिकटकले प्रतिबद्धता जनाएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८० साल असोज २७ गतेदेखि नेपालभित्र लागेको प्रतिबन्ध सैद्धान्तिकरूपमा फुकुवा गरेको छ ।
टिकटकले नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखेको थियो । ती सबै सर्त टिकटकले पूरा गर्ने प्रतिबद्धता जनाएको छ । टिकटकसहित अन्य सामाजिक सञ्जालले पनि सामाजिक सद्भाव भड्काउने कुनै पनि सामग्री पोस्ट गर्न पाउने छैन ।