काठमाडौं । महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त ९००१ः २०१५ प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम २०८१ साल श्रावण ३२ गतेदेखि लागू हुने गरी बैंक प्रमाणित हुन सकेको हो । बैंकले प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टीभिटिजअन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तररूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् । यस प्रमाणपत्र प्राप्तिको लागि यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट रोयल इम्प्याक्ट सर्टिफिकेसन लिमिटेड युएसएद्वारा गरिएको थियो ।
बैंकको देशभर एक सय तीन शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०८० नौ सय २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।