मनिला । संयुक्त राष्ट्र संघको विपत् जोखिम न्यूनीकरण कार्यालय (यूएनडीआरआर)ले एसिया–प्रशान्त क्षेत्रमा विपत्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
‘यो प्रक्षेपणले सन् २०१५ मा ‘सेन्डाई फ्रेमवर्क’मा निर्धारण गरिएका विपत् जोखिम न्यूनीकरणको लक्ष्यबाट हामी टाढा गइरहेको सङ्केत गरेको छ । हामीले जोखिम न्यूनीकरणभन्दा पनि बढाउनुको साटो जोखिम बढाइरहेको बताएको छ’, यूएनडीआरआरको एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले विपत् जोखिम न्यूनीकरणसम्बन्धी एसिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा भने ।
यूएनडीआरआरका प्रमुख रिभाल्टाले थप र राम्रो क्षेत्रीय प्रकोप पूर्वतयारी र प्रतिकार्यको आवश्यकतालाई जोड दिँदै भने, ‘सबैभन्दा मौलिकरुपमा हामीले रोकथाम र जोखिम न्यूनीकरढामा दोब्बर काम गर्न आवश्यक छ ।’
सेन्डाई फ्रेमवर्क विपत् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो । उक्त सम्मेलन आगामी अक्टोबरमा फिलिपिन्सले आयोजना गर्नेछ ।
सम्मेलन विपत् जोखिम र लचिलोपन कम गर्न दिगो र अनुमानित वित्तपोषण, समावेशी जोखिम न्यूनीकरण र निर्णय लिने र कार्यान्वयनमा सहभागिता सुनिश्चित गर्न, स्थानीय स्तरमा विपत् जोखिम न्यूनीकरणलाई एकीकृत गर्न र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ पार्ने कुरामा केन्द्रित हुनेछ ।