काठमाडौँ, असार १५
जनउत्थान सामुुदायिक लघुुवित्त वित्तीय संस्थाले स्थगित भएको वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असार २७ गते यसअघि स्थगित भएको नबौं वार्षिक साधारणसभाको आह्वान गरेको हो । संस्थाको यही असार १२ गते बसेको एक सय ५३औं बैठकले वार्षिक साधारणसभाको आह्वान गरेको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजी तीन करोड ४५ लाख ६० हजार रूपैयाँमध्येबाट दुुई दशमलव ४१ प्रतिशत अर्थात् आठ लाख ३३ हजार छ सय ८४ रूपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी सभाले हाल कायम रहेको अधिकृत पुँजी १० करोड रूपैयाँलाई वृद्धि गरी ५० करोड रूपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ । संंस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ८२ लाख १३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८२ लाख ५९ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी छ करोड ३३ लाख ६० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५२ करोड १० लाख पाँच हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५३ करोड २१ लाख ५६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ५७ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३७ लाख ५४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३६ करोड ३५ लाख ६९ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड छ लाख ९५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोठ २९ लाख ३३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।