काठमाडौं । कुमारी बैंक लिमिटेड र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई उक्त हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको बैकले जानकारी दिएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरू लिएबापत कुमारी बैंकको डेबिट, क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् भने कुमारी बैंकका ग्राहकलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निःशुल्करूपमा उपलब्ध हुनेछ । यो सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँँदै आएको बैंकले देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १४ वटा एटीएम काउन्टर, ५० वटा एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।