काठमाडौं । फोनपेले आइसक्रिम ब्रान्ड बास्किन–रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान ‘फोनट्याग स्कोप एन्ड सेभ’को घोषणा गरेको छ । यो अभियान आइतबारदेखि सुरू भएको कम्पनीले जनाएको छ । अभियानले सम्पर्करहित भुक्तानीका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउने लक्ष्य राखेको छ । फोनट्यागमार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन–रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासव्याक र दुई सय रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । यो सीमित समयको प्रस्ताव प्राप्त गर्नका लागि, ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्ने जनाइएको छ । साथै, इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउने र भुक्तानीलाई छिटो र सजिलो बनाउने कम्पनीको भनाइ छ ।
यो प्रस्ताव नेपालभरिका १८ बास्किन–रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ, यसमा बुढानीलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मल (मिड–बानेश्वर), बत्तीसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपुल (पोखरा), बुटवल, वीरगञ्ज, विराटनगर, हेटौडा, र भैँसेपाटी समावेश छन् ।