काठमाडौँ, असार १५
ग्रीन डेभलपमेन्ट बैंकको खुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक करोड ६२ लाख ५२ हजार दुुई सय एक रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक करोड ४२ लाख ७४ हजार आठ रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ५० करोड रूपैयाँ रहेको बैकले चालू आवको पछिलल्लो नौ महिनाको अवधिमा एक अर्ब ३५ करोड २९ लाख ३९ हजार आठ सय ६८ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब पाँच करोड ८० लाख ३१ हजार तीन सय ८० रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ३२ लाख ७१ हजार पाँच सय ३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने एक अर्ब ७९ लाख ८३ हजार पाँच सय पाँच रूपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख ५७ हजार दुुई सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड छ लाख ६६ हजार दुुई सय ४८ रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।