काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले वित्तीय साक्षरता प्रदान गरेको छ । फाइनान्सले ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं २ मा अवस्थित महिलाहरूको वित्तीय जानकारी अभिवृद्धिका महिलाहरूका लागि बचत तथा लगानी, बजेट निर्माणएवं पारिवारिक खर्च व्यवस्थापन, डिजिटल बैंकिङ, विप्रेषण सेवा, सेयर कारोबार र सि–आस्वा, लघुउद्यम तथा व्यवसाय, बैंकिङ कर्जा, बैंक खाता, बीमालगायत सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा नेसनल इन्स्टिच्युट फर करियर डेभेलपमेन्टका तर्फबाट प्रतिनिधि, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान तथा कर्मचारीहरूको समुपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगतदेखि नै सामाजिक कार्य गर्दै आइरहेकोे छ । आगामी दिनहरूमा पनि यसै गरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा संस्था प्रतिबद्व रहेको फाइनान्सले जानकारी दिएको छ ।
फाइनान्सले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, चार वटा विस्तारित काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्सले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, सेफ डिपोजित लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाहरूजस्ता आधुनिक बैंकिङ सेवाहरू समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।