काठमाडौं । नेपाल बैंक लिमिटेड टीकापुर शाखाको भवन उद्घाटन भएको छ । कैलाली जिल्ला, टीकापुर नगरपालीका वडा नं. १ रारामार्गमा बैंक स्थापनाको ५० वर्षपछि आफ्नै स्वामित्वको भवनबाट बैंकिङ कारोबार गर्ने गरी यही भदौ सात गते टीकापुर शाखाको विधिवत् समुद्घाटन भएको बैंकले जानकारी दिएको छ ।
नेपालको पहिलो बैंक समेत रहेको बैंकले देशैभरि रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोबार सञ्चालन गर्दै आएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको ग्राहकमैत्री भवनबाट ग्राहकले सम्पूर्ण बैंकिङ कारोबार गर्न सक्नेछन् । हाल नेपालभर दुई सय २९ वटा शाखा, ५९ एक्टेन्सन काउन्टर र दुई सय चार वटा एटीएम काउन्टरबाट सेवा सञ्चालन भइरहेको छ । बैंकले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्ने कटिबद्ध रहेको बैकले जनाएको छ ।