काठमाडौं । महालक्ष्मी विकास बैंक नाडा अटो सो–२०२४ मा पनि सहभागी भएको छ । यही भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६औँ संस्करणको नाडा अटो सो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको हो ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो सोमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रूपमा सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरूमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको बैंकले नौ दशमलव ९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ ।