काठमाडौं । नेपालमा सेरेसका आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले नयाँ सेरेस थ्रीमा विशेष अफरको घोषणा गरेको छ । कम्पनीले नाडा अटो सो २०२४ को अवसर पारेर अफर घोषणा गरेको हो ।
अफरअन्र्तगत नयाँ सेरेस थ्री कमर्फट मोडल ४५ दशमलव ४९ लाख रुपैयाँमा र यसको प्रिमियम मोडल ४८ दशमलव ८७ लाख रुपैयाँमा खरिद गर्न सकिने छ । सेरेस थ्रीले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिस एसयूभी डिजाइनलाई संयोजन गर्ने कम्पनीको भनाइ छ ।
बलियो सडक उपस्थिति र प्रभावशाली अफ–रोड क्षमताहरूका लागि परिचत सेरेस थ्रीले कठिन केरला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा यसको स्थायित्व प्रमाणित गरेको छ । कम्पनीले नाडा अटो सोको सेरेज स्टल ए६ मा भ्रमण गरेर विशेष अफरको फाइदा उठाउन पनि आग्रह गरेको छ ।