काठमाडौं,शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन एक सय ११ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको चौथो कारोबार दिन आज बुधबार तीन दशमलव ८० अंकले उकालो लागेर २७ सय ८६ दशमलव ४० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले उकालो लागेर चार सय ९८ दशमलव १५ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २६ वटा कम्पनीहरुको एक लाख ६८ हजार एक सय ७५ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक उकालो लागेपपनि बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।