साफ यू-२० च्याम्पिअनशिपको उपाधिका लागि बुधवार भएको खेलमा बाङ्ग्लादेशले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको छ । उत्कृष्ट फुटबल खेल्दै नेपालविरुद्ध ४(१ ले विजयी भएको छ।
बाङ्ग्लादेशका मिराजुल इस्लामले फ्रीकिकलाई गोलमा परिणत गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। खेलको ५५औँ मिनेटमा उनले पुनः अर्को गोल गरे भने ७१औँ मिनेटमा रवि हुसेनले तेस्रो गोल थपे।
नेपालका लागि समीर तामाङले ७९औँ मिनेटमा सान्त्वना गोल गरे। तर दोस्रो हाफको अतिरिक्त समयमा बाङ्ग्लादेशका अहमद नोभाले आफ्नो टीमका लागि चौथो गोल गरे। नेपालले खेल अबधिमा फिनिसिङमा कमजोर प्रदर्शन गरेको थियो । यो सँगै बाङ्ग्लादेशले पहिलो पटक उपाधि जित्न सफल भएको छ ।