काठमाडौं,नेपाल वायुसेवा निगमका तीनवटा विमान ग्राउण्डेड हुँदा उडानमा प्रभावित भएको छ । निगमसँग रहेका चारमध्ये ३ वटा विमान नउड्दा सोमबारदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हन् ।
नियमसँग दुई न्यारोबडी र दुई वाइडबडी विमान रहेकामा एउटा वाइडबडी विस्तृत मर्मत (सी चेक) का लागि दुई महिनादेखि इटालीमा छ । अर्को वाइडबडी पनि सी चेकको लागि नै बुधबार राति दुबईमा यात्रु छोडेर इटालीमा जाँदैछ । नियमसँग रहेका दुई न्यारोबडीमध्ये एकमा हाइड्रोलिकमा समस्या आएसँगै एकमात्र न्यारोबडीले उडान गरिरहेको छ । एकमात्र विमानले उडान चाप धान्नुपर्दा सबै उडान प्रभावित बन्न पुगेको नियमका प्रवक्ताले संचारमाध्यमहरुलाई बताएका छन् ।
न्यारोबडीको हाइड्रोलिकमा समस्या देखिएसँगै प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो । यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने न्यारोबडी विमान ग्राउण्डेड भएपछि यात्रुलाई दिनभर होटलका लाउन्जमा राखेर अन्या वायुसेवाको टिकट किनेरै गन्तव्यमा पु¥याईएको छ । बुधबार साउदीको दमाम जानुपर्ने विमान अपुगग हुँदा बिहीबार बिहान १० बजेको लागि सारिएको थियो ।
बुधबार अपराह्रन दिल्ली जाने उडान रातिको ९ बजे सारिएको निगमको न्यारोबढी मंगलबार ग्राउण्डेड हुँदा काठमाडौं हङकङ,दोहा र दुबईमा ८ सय हाराहारी यात्रुु प्रभावित भएका थिए । यसले गर्दा निगमले करोडौं रुपैँया घाटा ब्यहोरेको छ र अन्र्तराष्ट्रिय स्तरमा साखसमेत खस्किँदो छ ।