काठमाडौं । काठमाडौंको मुटु सिनामंगलको क्रिस्टल कम्लेक्समा उच्चस्तरीय सुविधासहितको अन्तर्राष्ट्रियस्तरको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले विशेष छुटसहित तीज अफर ल्याएको छ । निःसन्तान दम्पतीहरूलार्ई सन्तान सुख दिन सफल यस सेन्टरले तीजको अवसर पारेर भदौ महिनाभरलाई विशेष छुटको व्यवस्था गरेको हो ।
सेन्टरले डाक्टर कन्सल्टेसन तथा टीभीएस (भिडियो एक्सरे) सेवा निःशुल्क, आईयुआई सेवामा ५० प्रतिशत छुट, आईभीएफ सेवामा १० प्रतिशत छुट, औषधि तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिने जानकारी दिएको छ । सेन्टरमा सुलभ दरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहेको जनाएको छ । निःसन्तान वा प्रजनन् समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आईयुआई, आईभीएफलगायतका अन्य उपचार सेवा दिने गरेको सेन्टरले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको भ्रूण बनाउने ल्याब तथा मसिन रहेको यस केन्द्रले पुरुषको वीर्य जाँचदेखि लिएर, भविष्यका लागि भ्रूण सुरक्षित राख्ने, वीर्य फ्रिजिङ गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र वीर्य भण्डारण केन्द्र समेत स्थापना गरेको छ ।