धन बहादुर जप्रेल
कञ्चनपुर, असार १६
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कञ्चनपुरको कागजपत्रका फाईल नियन्त्रणमा लिएको छ । सोमबार १७औँ धान दिवसकै दिन आयोगको कार्यालयले कृषि ज्ञान केन्द्रका फाइल नियन्त्रणमा लिएको हो । अनुदान वितरणमा अनियमितता भएको भन्दै कृषि ज्ञान केन्द्र बिरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले कृषि ज्ञान केन्द्र कार्यालयका विभिन्न कागजात नियन्त्रणमा लिएको निमित्त कार्यालय प्रमुख प्रकास पाण्डेयले बताए । उनका अनुसार अनुदान बारे भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो ।
उजुरीका आधारमा अनियमितता भएको छ, वा छैन भनि छानबिनका लागि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको उनले बताए । सोमबार जिल्लाका केही स्थानमा सामान्य समाजिक दुरी कायम गरेर दिवस मनाईको थियो, तर धान दवसकै दिन अख्तियारले कार्यालयमा छापा मारेर कगजात नियन्त्रणमा लिएपछि धान दिवस समेत खल्लो भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले भने अख्तियारमा परे अनुसारको कार्यालयबाट कुनै अनियमितता नभएको स्पष्ट पारेको छ । कृषिबाट पाउने अनुदान बारे जहिल्यै पनि विवाद, किचलो र गुनासो हुने गरेको छ ।