काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न संस्थामा छुट पाउने भएका छन् । बैंकका अनुसार ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेपश्चात ग्राहकहरूले यस्तो छुट पाउने भएका हुन् ।
बैंकका अनुसार कसमस रिट्रट्स प्रालि चाबहिल काठमाडौंमा १० देखि १५ प्रतिशत, श्रीराम हस्पिटल प्रालि वीरगञ्ज पर्सामा १० देखि ३० प्रतिशत, सिएमसी चुरे हस्पिटल मकवानपुर हेटौँडामा सातदेखि २० प्रतिशत, होटल भिषुवा प्रालि पर्सामा सातदेखि ३० प्रतिशत, शितल चौतारी होटल एन्ड म्यानेजमेन्ट इन्स्टिुच्युट एन्ड रेस्ट्रो प्रालि नयाँ बानेश्वरमा १४ प्रतिशत र अल्फा डेन्टल हेटौँडामा १५ प्रतिशत छुट दिने गरी सम्झौता गरिएको हो । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।