काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन २८ सय बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन ५३ अंकले ओरालो लागेर २६ सय अंकको वरिपरि घुमेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने एक सय २७ दशमनलव ३२ अंकले उकालो लागेर २८ सय २३ दशमलव २५ बिन्दुमा चढेको हो ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ९४ अंकले उकालो लागेर पाँच सय तीन दशमलव ८३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३५ वटा कम्पनीहरुको एक लाख ६० हजार पाँच सय ७९ पटक शेयर किनबेच भएको छ । जसबाट तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुई रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।