काठमाडौं । आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र अर्न सिक्काका प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच हस्ताक्षर भएको हो ।
आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशील छ । आईएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापनसम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ । यस्तै, अर्न सिक्का एक मल्टिब्रान्ड लोयल्टी प्रोग्राम हो, यसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरिद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् । दुई संस्थाबीचको सम्झौताले एकीकृत रिवार्ड प्रणालीमा ग्राहकहरूलाई फाइदा हुने जनाइएको छ ।