काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दोस्रो दिन पनि सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर पहिला सुरु भएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिजो पार्टी महासचिव शङ्कर पोखरेलले बैठकमा प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताए ।
उनका अनुसार पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ । प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टाइएको छ । बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।