काठमाडौँ । काठमाडौं त्रिभुवन विमानस्थलमा बुधबार बिहान पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गरेका हुन् ।

सर्वियाकी खेलाडीलाई पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।