काठमाडौं, असार १६
बजार परिसूचक पहिलो कारोबार दिन ओरालो लागेको छ । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम नियन्त्रणको लागि चैत ११ गते लकडाउनको घोषणा गरेको थियो । सोपश्चात् झण्डै ९५ दिन बन्द भएको सेयर बजार सोमबारदेखि खुला भएको हो । तर बजार खुुलेको पहिलो ४० मिनेटमा नै बजार परिसूचक चार प्रतिशतले घटेपछि ११ः४० बजे २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । सोपश्चात् पनि बजार परिसूचक लगातार ओरालो लागेको छ ।
सोही आधारमा अन्तिम कारोबार समयसम्म बजार परिसूचक १२ दशमलव ८७ अंकले घटेर ११ सय ८८ दशमलव ७० बिन्दुुमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव तीन अंकले ओरालो लागेर दुुई सय ५६ दशमलव २९ बिन्दुुमा झरेको छ । यसदिन धितोपत्र बजारमा एक सय ४७ वटा कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । सोही आधारमा छ हजार आठ सय ६९ कारोबारमा १४ लाख ४४ हजार एक सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकबम ४८ करोड ५३ लाख १५ हजार छ सय २७ रूपैयाँ पुगेको छ ।
यसदिन धितोपत्र बजारमा १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये आठवटा समूहको सूचक ओरोलो लागेको छ भने चारवटा समूहको सूचक उकालो लागेको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव २२ अंकले ओरालो लागेर एक हजार १६ दशमलव २८ बिन्दुुमा झर्दा विकास बैंक समूहको सूचक ६३ दशमलव छ अंकले ओरालो लागेर १६ सय २४ दशमलव ६८ बिन्दुुमा झरेको छ । यसैगरी जलविद्युुत् समूहको सूचक पनि १३ दशमलव ३४ अंकले ओरालो लागेर आठ सय ८६ दशमलव ३३ बिन्दुुमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय एक दशमलव ४६ अंकले ओरालो लागेर पाँच हजार ४० दशमलव ७९ अंकमा झरेको छ । यस दिन होटल, फाइनान्स, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २६ दशमलव ४४, चार दशमलव नौ, ३९ दशमलव ३७ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।
उत्पादनमुुलक समूहको सूचक भने यसदिन एक सय दुई दशमलव ९८ अंकले उकालो लागेर २४ सय ९३ दशमलव ६३ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समूहको सूचक पनि दुुई सय ३७ दशमलव ६२ अंकले उकालो लागेर छ हजार सात सय ४७ दशमलव सात अंकमा चढ्दा अन्य समूहको सूचक पनि २० दशमलव छ अंकले उकालो लागेर छ सय ६१ दशमलव ८२ बिन्दुुमा चढेको छ । ट्रेडिङ समूहको सूचक पभन ३९ दशमलव ३४ अंकले बढेर सात सय ९० दशमलव ३९ अंकमा पुुगेको छ ।
यसदिन बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९९ पैसाले बढेर दुुई हजार ७० रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९६ पैसाले बढेर १३ सय २५ रूपैयाँमा कारोबार भएको छ ।
यीबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आदिको सेयर मूल्य पनि बढेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वालम्वन लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९९ पैसाले घटेर एक हजार ५४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९० पैसाले घटेर तीन सय ८२ रूपैयाँमा कारोबार भएको छ । यसबाहेक आशा लघुुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक आदिको सेयर मूल्य पनि घटेको छ ।
यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता १३ सय २५ रूपैयाँ अन्तिम मूल्यमा तीन करोड ४३ लाख ६८ हजार सात सय २२ रूपैंयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता एक हजार ५० रूपैयाँ अन्तिम मूल्यमा दुुई करोड ७७ लाख ७८ हजार चार सय ६६ रूपैयाँको सेयर कारोबार भएको छ । यीबाहेक एनआईसी एशिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।