काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवद्र्र्धनका लागि ‘देशैभर वर्षैभर’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ ।
यस योजनाअन्तर्गत उद्यमीहरूले आफ्नो नजिक रहेको कुमारी बैंकको शाखामा व्यवसायको खाता खोली क्युआरमार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारलगातार चार हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार बैंक खातामा हुँदा उद्यमीले दुई लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितोविना नै कुमारी बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी सहजै लिन सक्नेछन् । यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एपमार्फत नै गर्न सकिने भएकाले व्यवसायीहरू कर्जा लिन तथा तिर्नका लागि बैंक जानुपर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरूको उद्यशीलता प्रवद्र्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १४ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।