काठमाडौं । सन् २०२३ को लागि अणुव्रत विश्व भारतीद्वारा प्रदान गरिने प्रतिष्ठित ’अणुव्रत पुरस्कार’ प्रसिद्ध उद्योगपति तथा समाजसेवी रतन टाटालाई प्रदान गरिएको छ । एक कार्यक्रमका बीच उक्त पुरस्कार टाटाको मुम्बईस्थित निवासमा गएरै प्रदान गरिएको हो ।
अणुव्रत विश्व भारतीका राष्ट्रिय अध्यक्ष अविनाश नाहरसँगै त्यहाँ पुगेको प्रतिनिधिमण्डलले टाटालाई एक लाख ५१ हजार रुपैयाको पुरस्कारसहित स्मृति चिह्न प्रदान गरेको छ । उक्त अवसरमा अणुविभाका महामन्त्री भीखमचन्द सुराना, मुम्बई भन्सार आयुक्त अशोक कुमार कोठारी, अणुविभाका उपाध्यक्ष विनोद कोठारी र सहमन्त्री मनोज सिंघवी उपस्थित थिए ।