काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक करोड १५ लाख २३ हजार छ सय ९२ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा चार करोड ४३ लाख १३ हजार चार सय ७४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैकले आव २०८०/८१ मा पाँच अर्ब सात करोड छ लाख ५६ हजार छ सय ६८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४३ करोड ९२ लाख ९९ हजार आठ सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ४४ लाख ७२ हजार आठ सय ९४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले चार अर्ब ६० करोड ९२ लाख ८८ हजार ५० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३७ करोड पाँच लाख ३९ हजार तीन सय छ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ४८ लाख ३५ हजार तीन सय ६४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७६ प्रतिशत रहेको थियो ।