काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको यही भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव कम्पनीको यही असोज १४ गते हुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही भदौ ३१ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।