काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २५ दशमलव ४६ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ५५ दशमलव ८६ अंकले ओरालो लागेर २६ सय ४६ दशमलव शुन्य तीन बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले ओरालो लागेर चार सय ६९ दशमलव १८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २७ वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८६ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड १० लाख ४८ हजार नौं सय ११ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ४३ करोड ९१ लाख छ हजार चार सय २५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो देखिएको छ ।